दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र संघ


काठमाडाैँ । विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन् । विशेषगरी मध्यपूर्व क्षेत्रमा चर्किएको द्वन्द्वका कारण सर्वसाधारण नागरिकको जीवनमा गम्भीर असर परेको छ र यसको प्रभाव विश्वभर फैलिएको छ ।
विशेषगरी एशिया र अफ्रिकाका विकासोन्मुख देशहरू यसबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ । यस वर्ष विश्वभर भोकमरीको समस्या झन् गम्भीर बन्ने र प्रभावित हुने मानिसहरूको संख्या करोडौंले बढ्न सक्ने चेतावनी दिइएको छ ।
संयुक्त राष्ट्रसङ्घले सबै पक्षलाई सुरक्षा परिषदका निर्णयहरू कार्यान्वयन गर्न र कूटनीतिक तथा शान्तिपूर्ण उपायमार्फत द्वन्द्व अन्त्य गर्न आग्रह गरेको छ ।उक्त कार्यालयले विश्वका १०० भन्दा बढी देशहरूमा परियोजना व्यवस्थापन, खरिद तथा पूर्वाधार विकाससम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।






















