नरेमानकाे जय भैरब म्यूजिक भिडियो सार्वजनिक


काठमाडौं । साहित्यकार एवम कलाकार नरेनमान मर्हजनको भक्तिरसमा आधारित जय भैरब म्यूजिक भिडियो सार्वजनिक भएको छ ।कीर्तिपुर नगरप्रमुखको प्रमुख आतिथ्यत्यतामा कीर्तिपुर वडा नं १ को प्रजादबूमा म्यूजिक भिडियो बनाउनमा सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो ।
कलाकारहरूमा वरिष्ठ नायिका हिसिला महर्जन, वरिष्ठ नायिका अर्नेश्वरी शिल्पकार, वरिष्ठ कलाकार श्यामसुन्दर शिल्पकारहरूको प्रमुख अभिनय तथा श्रीराम महर्जन, सूर्यमाया महर्जन, कृष्णमान डंगोल, राजी महर्जन, रुक्षना महर्जन, रमेश मुनिकार, भूमि जोशी, सरोजकुमार महर्जन, राज्य लक्ष्मी महर्जन, सुरजवीर बज्राचार्य, अमोघवीर बज्राचार्य, स्वर्ण मन, आकृती पालिखे, विश्व महर्जन, विक्रम महर्जन, विक्रम खड्गी, चन्दा श्रेष्ठ, श्रुयति शाक्य, आकृती शाक्य, सुभेज्या महर्जन, सबिता महर्जन, राधा श्रेष्ठ, सुबर्न महर्जन, सिरिमाया महर्जन, सर्स्वती शाक्य, भवना पालिखे, सीता श्रेष्ठ, गीता बस्नेत, रीता अवाले, अशोक शाही, भवानी शाही, रमिक श्रेष्ठ, सर्ना महर्जन, संगीता महर्जनको अभिनय रहेको छ । रहेको थियो ।
म्यूजिक भिडियोका गीतकार, रचनाकार, अवधारणा र पटकथा नरेनमान महर्जन हुन् । साे म्यूजिक भिडियाेमा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, दिपा महर्जन, रत्न शोभा महर्जन, रानीशोभा महर्जन सरोजकुमार महर्जन लगायतले संयुक्त रूपमा स्वर दिएका छन् । यसका साथै संगीत संयोजकहरू जीवित महर्जन रेकर्डिस्ट, मिक्सिङ र मास्टरिङ सुरेन्द्र श्रेष्ठ, सुर मेलोडी स्टुडियो गरेको थियो ।
सो म्यूजिक भिडियो बनाउनका लागि आर्थिक सहयोग गर्नेहरू, कलाकारहरु तथा गुँदे दापाः खलः, द्यः ध्वाखाः दापा खलः, मानत्वाः आखा खलः तथा तुंझ्वः दबूझ्वः आखः खलः का सदस्यहरू लगायतलाई खाँदा ओढाएर सम्मान गरिएको थियो ।






















