कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी

एजेन्सी
२०८२ चैत्र ११ | बिहान १०:१२ बजे

दुबई । कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहानै इरानी ड्रोनले आक्रमण गरेको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रोनले विमानस्थलमा रहेको इन्धन डिपोलाई लक्षित गरी प्रहार गरेको थियो, जसका कारण उक्त क्षेत्रमा ठूलो आगलागी भएको हो।
आक्रमण लगत्तै अधिकारीहरूले आपतकालीन सुरक्षा संयन्त्र परिचालन गरेका थिए। दमकल र सम्बन्धित निकायका टोलीहरूले तत्कालै घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए।अहिले विमानस्थलको उक्त क्षेत्रलाई सुरक्षित राख्दै क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।

















