दुबई यूएई

ईदमा यूएई राष्ट्रपतिको सन्देश: “देश सबैको साझा घर”

कबिराज राजबंशी
२०८२ चैत्र ६ | मध्यान्ह ०१:१२ बजे

images 4

यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले ईद उल-फित्रको अवसर पारेर भावनात्मक सन्देश जारी गर्नुभएको छ। उहाँले देशका नागरिकसँगै यूएईलाई आफ्नो घर मानेर बसिरहेका सबै समुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो।

 

उहाँको सन्देशमा यूएई केवल नागरिकहरूको मात्र नभई यहाँ बस्ने हरेक व्यक्तिको साझा घर भएको उल्लेख गरिएको छ। विविध संस्कृतिका मानिसहरूबीचको सहकार्य र आपसी सम्मानलाई देशको सबैभन्दा ठूलो शक्ति भएको भन्दै उहाँले यसलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

 

राष्ट्रपतिले विगतका उपलब्धिहरूको चर्चा गर्दै ती सफलताहरू सम्भव हुनुमा देशमा बस्ने सबैको योगदान रहेको बताउनुभयो। आगामी दिनमा पनि यही एकता र सहकार्यको भावना कायम राख्दै यूएईलाई अझ उन्नत र समृद्ध राष्ट्र बनाउने विश्वास व्यक्त गर्नुभयो।

Screenshot 2026 03 20 11 39 34 39 0ce57feeccaa51fb7deed04b4dbda235

उहाँको सन्देशले ईदको अवसरलाई केवल उत्सवका रूपमा मात्र नभई आपसी सम्बन्ध बलियो बनाउने, कृतज्ञता व्यक्त गर्ने र सकारात्मक सोचका साथ अगाडि बढ्ने प्रेरणाको रूपमा लिनुपर्ने सन्देश दिएको छ।

कमेन्टहरु