जनताको दुखलाई मृगतृष्णा बनाउनेहरुबाट जनताको मुक्ति सम्भव छैन् : मुक्ति गैरे

नवलपुर टुडे
२०८२ चैत्र ६ | बिहान ०७:१२ बजे

काठमाडौं । विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयाेजक मुक्ति गैरेले जनताको दुखलाई मृगतृष्णा बनाउनेहरुबाट जनताको मुक्ति सम्भव नहुने बताएका छन् । आज उनले आफ्नाे सामाजिक संजाल फेसबुक र X मा लेख्दै यस्तो बताएका हुन् ।
उनलेे लेखेको धारणा जस्ताको त्यस्तै : `जनताको दुखलाई मृगतृष्णा बनाउनेहरुबाट जनताको मुक्ति सम्भव छैन् । जनताको दुख गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र राेजगार हाे । तर उनिहरु यसलाई रमाइलोकाे रुपमा प्रयोग गर्दै जनतालाई जिस्क्याँउदै, गिज्याँउदै, चुङ्ग्याँउदै र छाडा प्रदर्शन गर्दै मनाेरन्जनका रुपमा लिईरहेका छन् ।´






















