स्वास्थ्य

इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच

धर्मेन्द्र कुमार कुर्मी
२०८२ चैत्र ५ | मध्यान्ह ०९:१२ बजे

कपिलवस्तु । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय  कृष्णानगरमा प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु) – नारायणी आँखा अस्पतालको सहयोगमा इलाका प्रहरी कार्यालय कृष्णानगर र सो मताहतमा रहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ।

IMG 20260319 WA0052

इलाका प्रहरी कार्यालय कृष्णानगरले गर्मीमा धुलो उड्ने डिउटी गर्दा राम्रो होस भन्ने मन्सायले कृष्णानगर तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी गरि लगभग साट्ठी भन्दा बढी राष्ट्र सेवक कर्मचारीहरुको “निःशुल्क आँखा चेकजाँच कार्यक्रम” सम्पन्न भएको तथा नौ जना लाई निःशुल्क चश्मा र आवश्यक अनुसार अन्यलाई आइ ड्राप वितरण भएको जानकारी प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरले दिएका छन्।

IMG 20260319 WA0050

उक्त्क शिविर कार्यक्रममा आंँखा अस्पतालका डाक्टरहरु लगायतले उपचार गरेको थियो ।

कमेन्टहरु