केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

रासस
२०८२ चैत्र ५ | मध्यान्ह ०८:१२ बजे

काठमाडौं । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो । बाघको छाला बिक्रीको अभियोगमा केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका तनहुँको देवघाटका ५६ वर्षीय विष्णुबहादुर गुरुङ जेनजी आन्दोलनमा कारागारबाट फरार रहेका थिए ।
गुरुङ बाघको छाला बिक्री व्यवसाय गरेको मुद्दामा १५ वर्ष कैद सजाय र एक लाख जरिवाना फैसला भई कागारार जीवन बिताइरहेका थिए ।
ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जेनजी आन्दोलनका क्रममा फरार गुरुङलाई बिहीबार पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका गुरुङलाई बाँकी कैद भुक्तान गर्न केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको उनले बताए ।






















