समाज

जनवादी गायक वीरप्रसाद भन्सारीको सांगीतिक कार्यक्रम हुने

रिदेन महर्जन
२०८२ चैत्र ४ | मध्यान्ह ०२:१२ बजे

कीर्तिपुर । जनवादी गायक वीरप्रसाद भन्सारीको एकल सांगीतिक कार्यक्रम यही चैत्र ७ गते शनिबार हुने भएको छ ।
इन्द्रेणी सांस्कृतिक समाज (इसास) को प्रस्तुतिमा जनवादीगायक वीरप्रसाद भन्सारीको एकल सांगीतिक कार्यक्रम हुन लागेको हो ।

वि।सं। २०३५ सालदेखि निरन्तर रूपमा जनताका पक्ष गीत गाउँदै आइ रहनु भएको वीरप्रसाद भन्सारीले जम्मा १५ वटा गीत प्रस्तुत गरिने छ । जसमध्ये ३ वटा गीत सामूहिक गायन तथा १२ वटा गीत एकल प्रस्तुति गरिने छ । नेपाल भाषा र नेपाली भाषा समेत सांगितिक प्रस्तुत हुने कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, श्याम तमोट लगायत चर्चित लेखकहरूको गायन प्रस्तुत गरिने छ ।

गत शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको कार्यक्रमको संचालन राजेन्द्र महर्जन पुताले संचालन गरिएको छ ।लाइभ प्रस्तुत हुने सांगितिक कार्यक्रममा न्हुच्छे दर्शनधारी – तबला, सन्देश महर्जन – ढोलक, सुन्दर कुमार महर्जन – प्याडड्रम, वैभव विक्रम परियार – कीबोर्ड, स्वर्णीम महर्जन – बाँसुरी, प्रबेश महर्जन – प्रकोशन, जवान माली – बेस गीतार, सरोज तुलाधर – गीतार लाइभ आर्केष्ट्रामा बाद्य बादन गरिने छ ।

कमेन्टहरु