समाज

विजय यादवले निर्वाचन खर्च विवरण बुझाए, पारदर्शितामा जोड

नवलपुर टुडे
२०८२ चैत्र ४ | मध्यान्ह ०२:१२ बजे

बारा चैत ४ गते। आम जनता पार्टी (आजपा) बारा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार विजय यादवले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन्। उनले जिल्ला निर्वाचन कार्यालय कलैयामा पुगेर कानुनअनुसार ९० हजार रुपैयाँ बराबरको खर्च विवरण पेश गरेका हुन्।निर्वाचन आयोगको निर्देशिका अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएको निश्चित अवधिभित्र आफ्नो सम्पूर्ण खर्च विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार यादवले आफ्नो चुनावी खर्च पारदर्शी रूपमा सार्वजनिक गरेका हुन्।

जिल्ला निर्वाचन कार्यालय कलैयामा बुझाइएको विवरणअनुसार उनले, मनोनयन दर्ता,चुनाव प्रचार–प्रसार, मेषमा सञ्चनान भएको खाद्यान्न सामग्री लगायतका विभिन्न शीर्षकमा कुल ९० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

यादवले लोकतान्त्रिक प्रणालीमा पारदर्शिता र जवाफदेहिता महत्वपूर्ण हुने बताउँदै सबै उम्मेदवारहरूले समयमै आफ्नो खर्च विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।

जिल्ला निर्वाचन कार्यालयले तोकिएको समयसीमाभित्र खर्च विवरण बुझाउने उम्मेदवारहरूको अभिलेखीकरण गरिने जनाएको छ भने समयमै विवरण नबुझाउनेमाथि कानुनी कारबाही हुन सक्ने चेतावनी दिएको छ।

कमेन्टहरु