प्रबास

भारतमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी
२०८२ चैत्र ४ | मध्यान्ह ०१:१२ बजे

भारत । भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । आगलागीको घटनामा केही व्यक्तिहरू घाइते भएको पुटि गर्दै एक दम्पतीको अवस्था गम्भीर रहेको प्रहरीले बताइएको छ ।

दुर्घटना मध्य प्रदेशको इन्दौर सहरमा स्थानीय समय अनुसार बिहान करिब ४ बजे भएको हो । अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिए पछि घटनास्थलबाट सात जनाको शवको बरामद गरेको गर्नुका साथै घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार विद्युतीय कारको चार्जरमा सर्किट सर्ट भएका कारण आगलागी भएको हो । विस्फोट हुँदा नजिकै राखिएका पेट्रोलियम सिलिन्डरमा आगलागि हुँदा घर भित्र छिटै आगो फौलिएको जनाइएको छ ।

 

कमेन्टहरु