अमेरिकाले गर्यो स्ट्रेट अफ हर्मुज नजिकको इरानी मिसाइल साइटमा आक्रमण

एजेन्सी
२०८२ चैत्र ४ | बिहान ११:१२ बजे

तेहरान । अमेरिकी सेनाले इरानका मिसाइल साइटहरूमा शक्तिशाली बम प्रयोग गरी आक्रमण गरेको जनाएको छ । अमेरिकाको मध्य कमान्ड (सेन्टकम) ले यी आक्रमणहरू स्ट्रेट अफ हर्मुज आसपासका तटीय क्षेत्रमा केन्द्रित गरेका थिए ।
स्ट्रेट अफ हर्मुज विश्वको महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो । यहाँबाट विश्वको झन्डै २० प्रतिशत तेल आपूर्ति हुन्छ । इरानले यस जलमार्गलाई प्रभावकारी रूपमा अवरुद्ध गरेपछि समुद्री यातायातमा ठुलो अवरोध आएको छ भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य समेत बढेको छ ।
प्रयोग गरिएका बंकर बस्टर बमहरू करिब २ लाख ८८ हजार डलर मूल्य पर्ने बताइएको छ । यी बमहरू गत वर्ष अमेरिकाले इरानका भूमिगत आणविक साइटहरूलाई निशाना बनाउन प्रयोग गरेको ३० हजार पाउन्डका बमभन्दा कम शक्तिशाली भए पनि गहिरो संरचना भत्काउन सक्षम मानिन्छन् ।






















