बिश्व

डब्ल्यूएचओबाट औपचारिक रूपमा बाहिरियो अर्जेन्टिना

एजेन्सी
२०८२ चैत्र ४ | बिहान ११:१२ बजे

ब्यूनर्स आयर्स । अर्जेन्टिना विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट औपचारिक रूपमा अलग भएको छ । अमेरिकी कदमलाई पछ्याउँदै अर्जेन्टिनाले डब्ल्यूएचओबाट बाहिरिने निर्णय गरेको थियो । मंगलबार अर्जेन्टिनी विदेश मन्त्री एबदयि क्विर्नाेले सामाजिक सञ्जालमार्फत एक वर्षअघि दिइएको औपचारिक सूचनाअनुसार अर्जेन्टिनाको सदस्यता समाप्त भएको पुष्टि गरेका छन् ।

अर्जेन्टिनाले अब स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य द्विपक्षीय सम्झौता र क्षेत्रीय मञ्चमार्फत जारी राख्ने पनि उनले बताए । यो निर्णय दक्षिणपन्थी राष्ट्रपति जेभियर माइलीको नेतृत्वमा लिइएको हो । उनले डब्ल्यूएचओको कोभिड–१९सम्बन्धी सल्लाहहरू मास्क लगाउनु पर्ने, सामाजिक दूरी कायम राख्नु पर्ने र खोप आदिप्रति असन्तुष्टि जनाउँदै यस संस्थालाई सामाजिक नियन्त्रणका लागि प्रयोग गरेको आरोप लगाएका थिए

मिलेईको निर्णय अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको समान कदमसँग मेल खान्छ । दुवै नेताले अन्तर्राष्ट्रिय संस्थाहरूले स्वास्थ्य तथा नीतिगत क्षेत्रमा प्रगतिशील एजेन्डालाई अघि बढाएको आरोप लगाउँदै आलोचना गर्दै आएका छन् । यद्यपि डब्ल्यूएचओ एउटा परामर्शदाता निकाय मात्र हो । यसले सदस्य राष्ट्रहरूलाई सिफारिस गर्ने काम गरे पनि नीति लागू गर्ने अधिकार योसँगै छैन । मंगलबारसम्म डब्ल्यूएचओमा अर्जेन्टिना समेत १९४ सदस्य राष्ट्रहरू रहेका थिए ।

कमेन्टहरु