पश्चिम एसियाको तेल अहिलेसम्मकै महँगो, ब्यारेलकै १५३ डलरमाथि उक्लियो


सिंगापुर,चैत ३। पश्चिम एसियाको कच्चा तेलको मूल्य ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ । यतिबेला यस क्षेत्रको तेल विश्वको सबैभन्दा महँगो बनेको हो। इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको युद्धका कारण यस क्षेत्रबाट तेलको आपूर्ति ठप्प भएपछि मूल्य वृद्धिले एसियाली रिफाइनरीहरूको लागत बढाएको समाचारमा उल्लेख छ । केही रिफाइनरीहरूले वैकल्पिक आपूर्ति खोज्न बाध्य भएका छन् भने केहीले उत्पादन घटाउने निर्णय गर्नुपरेको छ ।
सोमबार दुबईको प्रिमियम प्रतिब्यारेल ५६ डलर शून्य १ सेन्टमा स्वाप भइरहेको छ । उता, ओमानी कच्चा तेल फ्युचर्स प्रति ब्यारेलको १४७ डलर ७० सेन्ट पुगेको छ । तर केही व्यापारीहरूले दुबईको मूल्यले वास्तविक आपूर्तिलाई प्रतिनिधित्व नगरेको बताएका छन् । सोमबार मुरबान फ्युचर्स प्रति ब्यारेल १११ डलर ७६ सेन्टमा बन्द भएको थियो । यसले दुबई र मुरबान क्रुडको मूल्यबिच ठूलो अन्तर देखाएको छ । मूल्यमा आएको यो असमानताले व्यापारमा अनिश्चितता थपिरहेको छ ।
पश्चिम एसियाबाट एसियातर्फ मार्चमा दैनिक १ करोड १६ लाख ६५ हजार ब्यारेल तेल आएको थियो । फेब्रुअरीमा यो अनुपात दैनिक १ करोड ९० लाख ब्यारेल थियो । २०२५ को मार्चको तुलनामा यो ३२ प्रतिशत कम हो ।
स्ट्रेट अफ हर्मुजमा आक्रमणका कारण जहाज आवतजावत रोकिएपछि तेलको आपूर्ति प्रभावित भएको हो । यसका कारण केही एसियाली रिफाइनरीहरूले अपरेटिङ दर घटाएका छन् र उत्पादन योजनामा परिवर्तन गर्न बाध्य भएका छन् ।






















