प्रबास

इरानका उच्च सुरक्षा अधिकारी इजरायलको निशानामा

एजेन्सी
२०८२ चैत्र ३ | मध्यान्ह ०५:१२ बजे

काठमाडौँ । इजरायलले सोमबार राति इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीलाई निशाना बनाउँदै तेहरानमा हवाई हमला गरेको छ ।

इजरायली स्रोतले बताएको भन्दै सीएनएनले मङ्गलवार समाचार छापेको छ । तर यस विषयमा इजरायली रक्षा बल (आईडीएफ)ले लाजिरानी  मारिएको हो कि होइन अनि आक्रमणले पुगेको क्षतिको मूल्याङ्कन नगरेको बताइएको छ।

मङ्गलबार बिहान आईडीएफका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले भने, ‘हामीले हिजो राति इरानमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छौँ ।’ सोमबार साँझ आईडीएफले तेहरान, शिराज र तब्रिजमा एकसाथ शृङ्खलाबद्ध रुपमा आक्रमण गरेको बताइएको छ । 

यस आक्रमणमा लारीजानीलाई लक्षित गरेको कुनै औपचारिक घोषणा नभए पनि इरानको मिसाइल उत्पादन स्थल र कमाण्ड सेन्टरहरूलाई लक्ष्य बनाइएको भने सेनाले बताएको छ ।

जामिरका अनुसार सैनिक क्षमता र औद्योगिक उत्पादन क्षमताको क्षति र कमजोर पार्ने प्रक्रियासँगै, हामी रिभोलुशनरी गाड्र्स र शासनको दमन प्रणालीसँग सम्बन्धित तत्त्वहरूमाथि पनि कारबाही गरिनेछ । 

इजरायलले केही दिनअघि गाजामा इरान समर्थित सशस्त्र समूह प्यालेष्टिनी इस्लामिक जिहादका वरिष्ठ नेताहरूलाई निशाना बनाएर पनि आक्रमण गरेको थियो । 

कमेन्टहरु