इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि करिब २०० अमेरिकी सैनिक घाइते

रासस
२०८२ चैत्र ३ | मध्यान्ह ०५:१२ बजे

काठमाडाैँ । संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको मध्य कमाण्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन्।
साथै पश्चिमी इराकमा अमेरिकी के–सी–१३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो। यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ।यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ।

















