अर्थ

सुनचाँदीको भाउ सामान्य बढ्यो

नवलपुर टुडे
२०८२ चैत्र ३ | बिहान ११:१२ बजे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । मंगलबार (चैत ३) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि सुनको मूल्य तोलाको तीन लाख नौ हजार ९०० रुपैयाँ कायम छ । अघिल्लो दिन तीन लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने ७० रुपैयाँले बढेर तोलाको पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पाँच हजार २६५ मा कारोबार भएको महासंघले जनाएको छ । 

कमेन्टहरु