मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमाली गाउँपालिका -५ कुवाडीमा नि:शुल्क स्वास्थ्य शिविर सुरु

उमेश रोकाया
२०८२ चैत्र २ | मध्यान्ह १२:१२ बजे

बाजुरा, चैत २ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका -५ कुवाडीमा घुम्ति स्वास्थ्य सिविर संचालन गरिएको छ । हिमाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कुवाडीमा नि: शुल्क स्वास्थ्य सिविर संचालन गरिएको छ ।

हिमाली गाउँपालिका वडा नं. ५ र २ का नागरिकको लागि कुवाडीमा स्वास्थ्य शिविरमा सोमबार बिहान देखि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उक्त स्वास्थ्य शिविरमा सबै खालका रोगहरु एबं स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई MBBS/MD फिजिसियनडक्टर मार्फत चेक जांच र नि:शूल्क औषधि वितरण गरिएको छ ।

संकास्पद क्षयरोगिको खकार परिक्षण गरिने, भिडियो एक्सरे सेवा, नसर्ने रोग सम्बन्धि स्किनिङ गरिने (BP / तौल / सुगर / मुटु / किड्नीको सामान्य गति लगायत जांच) महिलाहरुको पाठेघरको मुखमा हुन् सक्ने क्यान्सर लगायत अन्य रोगको जांच एवँम VIA जांचगरीने परिवार नियोजन सेवा IUCD / ईम्पलान्ट राख्ने सेवा दिएको छ ।

किशोर किशोरी गर्भवति सुत्केरी एवम ५ बर्ष मुनिका बच्चा साथमा भएका आमाहरुको लागिपरामर्श सेवा उपलब्ध हुने साथै सबै स्वास्थ्य समस्याको चेकजांच तथा परामर्श सेवा दिने गरिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारी बताएका छन । हामिले स्वास्थ्य शिविर चैत १ गते धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नि: स्वास्थ्य शिविरमा सन्चालन गरेका थियौँ। यसमा ४ सयभन्दा बढीको मान्छेहरुको चेकजाँच संगै उपचार गरेका थियौँ।

बाजुरा जिल्लाकै दुर्गम क्षेत्रका नागरिकलाई पालिकाले स्वास्थ्य शिविर सेवा सुविधा पाउँदा दुर्गम नागरिक लाई राहत भएको छ। शिविरमा जटिल खालका समस्याहरुको रोगहरूको लागि उपचार गाउँपालिका सेवा पाउँदा सहज भएको ७० वर्षिया बाँच्या बुढथापालेे बताउनुभयो।

दुर्गम गाउँमा सामान्य रोग उपचार सधैं भएपनि पालिकाले नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर जिल्ला बाहिर उपचार गर्ने बिरामी चेकजाँच संगै उपचार स्वास्थ्य शिविरमा सेवा लिएका छन्। काठमाडौं नेपालगन्ज जानुपर्ने बिरामी अहिले स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा प्रदान भइरहेको छ । हिमाली गाउँपालिका लगायत हुम्ला र मुगु जिल्लाका अधिकांश मानिसहरू स्वास्थ्य शिविर लाभ लिइरहेका हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो।

कमेन्टहरु