प्रबास

बिहे भोजमा रसबरी घाँटीमा अड्किएर युवकको मृत्यु

एजेन्सी
२०८२ चैत्र २ | मध्यान्ह १२:१२ बजे

नयाँ दिल्ली । भारतको झारखण्ड राज्यस्थित जमशेदपुरमा एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ ।

बिहेको भोजमा एक युवकले रसबरी खाने क्रममा आफ्नो ज्यान गुमाएका छन् । रसबरी खाने क्रममा अचानक घाँटीमा अड्किएर सास फेर्न गाह्रो भएका उनलाई अस्पताल लगिएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार राति जमशेदपुरको मलियांता गाउँका ललित सिंह नाम गरेका युवकको मृत्यु भएको हो । बिहे भोज खाने क्रममा उनको घाँटीमा अड्किएको रसबरी निकाल्न प्रयास गर्दा असफल भएपछि तत्काल अस्पताल लगिएको तर चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

कमेन्टहरु