मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

हिमाली गाउँपालिकामा घुम्ति स्वास्थ्य सिविर संचालन

उमेश रोकाया
२०८२ चैत्र १ | मध्यान्ह ०३:१२ बजे

बाजुरा, चैत १ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका घुम्ति स्वास्थ्य सिविर संचालन गरिने भएको छ । हिमाली गाउँपालिका भित्र अस्पताल तथा डक्टरको सुबिधा नभएको समस्यालाई मध्यनजर गर्दै हिमाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य सिविर संचालन गरिएको छ ।

हिमाली गाउँपालिका वडा नं. ४,६ र ७ का नागरिकको लागि धुलाचौर आधारभु स्वास्थ्य सेवा केन्द्रमा शिविरमा आइतबार बिहान देखि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

उक्त सबै खालका रोगहरु एबं स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई MBBS/MD फिजिसियनडक्टर मार्फत चेक जांच गरिने र नि:शूल्क औषधि दिईने गरिने भएको छ ।संकास्पद क्षयरोगिको खकार परिक्षण गरिने, भिडियो एक्सरे सेवा, नसर्ने रोग सम्बन्धि स्किनिङ गरिने (BP / तौल / सुगर / मुटु / किड्नीको सामान्य गति लगायत जांच) महिलाहरुको पाठेघरको मुखमा हुन् सक्ने क्यान्सर लगायत अन्य रोगको जांच एवँम VIA जांचगरीने परिवार नियोजन सेवा IUCD / ईम्पलान्ट राख्ने सेवा दिएको छ ।

किशोर किशोरी गर्भवति सुत्केरी एवम ५ बर्ष मुनिका बच्चा साथमा भएका आमाहरुको लागिपरामर्श सेवा उपलब्ध हुने साथै सबै स्वास्थ्य समस्याको चेकजांच तथा परामर्श सेवा दिने गरिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारी बताएका छन ।

दुर्गम क्षेत्रका नागरिकलाई पालिकामा सेवा सुविधा पाउँदा निकै खुसी भएका छन् । सामान्य देखि जटिल खालका समस्याहरुको रोगहरूको लागि उपचार गाउँपालिका सेवा पाउँदा सहज भएको बताए छन्। सामान्य रोग उपचार सधैं गरोिराखेको थियो। पालिकाले नि: शुल्क बिरामी चेकजाँच संगै उपचार पाएको छन्।

कतिपय बिरामी रोग थला परेका मानिसलाई समेत गाउँ दैलोमा उपचार गर्न लिन सकिरहेको छन । काठमाडौं नेपालगन्ज जानुपर्ने बिरामी अहिले धुलाचाैर स्वास्थ्य सेवा प्रदान भइरहेको छ । हिमाली गाउँपालिका लगायत हुम्ला र मुगु जिल्लाका अधिकांश मानिसहरू वर्षौ देखि रोग पालेर बसेका मानिसहरु उपचार भइरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो।

कमेन्टहरु