मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रासस
२०८२ चैत्र १ | मध्यान्ह १२:१२ बजे

चितवन, चैत १। गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिबार भएको माइक्रोबस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । दुर्घटनाका नौ जना घाइतेलाई गए रातिनै यहाँ ल्याइएको थियो।
अस्पतालका चिकित्सक डा सुदीप केसीका अनुसार पाँच जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । जसमध्ये तीन जनाको न्यूरो सर्जरी र दुई जनाको सर्जरी सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये सात जना भारतीय र दुई जना नेपाली छन् ।

















