प्रतिनिधिसभा निर्वाचनमा पराजयको कारण खोज्न कांग्रेसको निर्देशन

नवलपुर टुडे
२०८२ चैत्र १ | बिहान १०:१२ बजे

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएको भन्दै पराजयका कारणबारे विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश र जिल्ला कार्यसमिति तथा उम्मेदवारहरूलाई परिपत्र जारी गर्दै निर्वाचन परिणामको समीक्षा गरी हारका कारण केन्द्रमा पठाउन निर्देशन दिएको हो।
महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा निर्वाचनको नतिजा निराशाजनक आएको उल्लेख गर्दै आत्मसमीक्षा गर्न आग्रह गरिएको छ। पार्टीको विधानअनुसार जिल्ला र प्रदेशमा अनुशासन समिति गठन गरी संयोजक तथा सदस्यहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन पनि भनिएको छ।
केन्द्रीय कार्यालयले निर्वाचन समीक्षा प्रतिवेदन आगामी चैत्र ३ गतेभित्र पठाइसक्न समयसीमा तोकेको जनाएको छ।























