माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

रासस
२०८२ फाल्गुन ३० | बिहान ०९:११ बजे

चितवन, फागुन ३०। यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद माडी नगरपालिकाले यहाँको भूमिलाई ७ भागमा बर्गीकरण गरेको छ । नगरपालिकाले भू उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमीनको बर्गीकरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार यहाँ सबैभन्दा धेरै जङगल रहेको छ । नगरपालिकामा २१ हजार ८२४ दशमलब ४४ हेक्टर रहेकामा १२ हजार ९७५ दशमलब ७५ हेक्टर जङगलले ओगटेको छ ।
यस्तै ६ हजार ५३५ दशमलब ०७ हेक्टर कृषि योग्य रहेको छ । उहाँका अनुसार सार्वजनिक भूमि ३१५ दशमलब ५२ हेक्टर, आबासीय जमीन १ हजार ९१८ दशमलब ८७ हेक्टर, व्यवसायीक जमीन ५९ दशमलब ९३ हेक्टर, औद्योगिक क्षेत्र १० दशमलब ०२ हेक्टर र सांस्कृतिक भूमि ९ दशमलब ३१ हेक्टर रहेको छ ।

















