ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

रासस
२०८२ फाल्गुन २९ | मध्यान्ह ०२:११ बजे

मकवानपुर । नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।

















