समाचार

जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको सुर्खेतमा मृत्यु

नवलपुर टुडे
२०८२ फाल्गुन २९ | बिहान ०८:११ बजे

सुर्खेत । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ ।जुम्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपाली सुत्केरीपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि बिहीबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । 

घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याइएको थियो । प्रतिष्ठानमा शल्यक्रिया गरी सुत्केरी गराइए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई थप उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत पुर्‍याइएको थियो ।

कमेन्टहरु