पितासँग सल्लाह लिँदैनन् आमिर खानका छोरा जुनैद


नयाँ दिल्ली । बलिउडका ‘बादशाह’ शाहरुख खानका छोरा आर्यन खानले अभिनय नरोजेर निर्देशनलाई आफ्नो पेसा बनाए । उता बलिउडका ‘मिस्टर पफेक्सनिस्ट’ आमिर खानका छोरा जुनैद खानले भने अभिनयमा आफ्नो पहिचान स्थापित गर्न खोजिरहेका छन् । जुनैदले ‘महाराज’बाट अभिनयमा डेब्यु गरेका थिए । अन्तिम पटक उनी खुशी कपूरसँग ‘लभयापा’मा देखिएका थिए । यतिबेला उनका हातमा राम्रा मानिएका केही फिल्म छन् । तर कुनै पनि नयाँ प्रोजेक्ट छनोट गर्नुअघि जुनैदले आफ्ना पितासँग सल्लाह नै लिँदैनन् ।
छिट्टै ‘एक दिन’मा देखिँदैछन् जुनैद
कामको कुरा गर्ने हो भने जुनैद चाँडै नै रोमान्टिक ड्रामा ‘एक दिन’मा देखिनेछन् । यो आमिर खान प्रोडक्सनको फिल्म हो । फिल्म मे १ मा रिलिज हुँदै छ । यस फिल्ममा दक्षिण अभिनेत्री साई पल्लवी मुख्य भूमिकामा छिन् । यसको ट्रेलर हालै रिलिज भएको थियो । ट्रेलरले मिश्रित समीक्षा पाएको थियो । जुनैद ‘रागिनी एमएमएस–३’ मा देखिन सक्नेछन् । यसमा उनको अपोजिटमा तमन्ना भाटिया रहने खबर आएको छ ।
आमिर भने अन्तिम पटक ‘सितारे जमीन पर’ र ‘ह्याप्पी पटेल’मा देखिएका थिए । उनी हाल आफ्नै प्रडक्शन हाउसको फिल्म ‘लाहोर १९४७’ मा काम गरिरहेका छन् । यस फिल्मममा सनी देओल र प्रीति जिन्टा शीर्ष भूमिकामा छन् ।






















