तेलको मूल्यमा छिटै सोचेको भन्दा धेरैले घट्छः ट्रम्प

एजेन्सी
२०८२ फाल्गुन २८ | मध्यान्ह ०२:११ बजे

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कच्चा तेलको भाउमा छिटै नै सोचेको भन्दा धेरै नै कमी आउने दाबी गरेका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण तेलको मूल्य बढिरहेको बेला ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । केन्टकीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले ३२ देशले तेलको रणनीतिक भण्डारबाट तेल झिकेर बजारमा ल्याउने निर्णय गरेको उल्लेख गर्दै त्यसले मूल्य घटाउन ठूलो प्रभाव पार्ने बताएका छन् ।
ट्रम्पले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरुको अवस्थाबारे पनि टिप्पणी गर्दै अमेरिका त्यहाँको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताए । अमेरिकी कारबाहीका कारण इरानका धेरै डुङ्गा नष्ट भएको र अहिले त्यहाँको अवस्था नियन्त्रणमा रहेको दाबी पनि ट्रम्पले गरेका छन् ।

















