निर्वाचन

‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेकाे छ’

रासस
२०८२ फाल्गुन २७ | मध्यान्ह ०६:११ बजे

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलले गत बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष मदनकृष्ण शर्माद्वारा बुधबार जारी विज्ञप्तीमा निर्वाचनको परिणामले जनताको सुशासन र समृद्धिको चाहनालाई अभूतपूर्व प्रदर्शन गरेको बताउनुभयो ।

युवा पुस्ताको भावना र सङ्लग्नता अङ्गालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्राप्त अत्यधिक जनमतलगायत सम्पूर्ण राजनीतिक दलबाट विजयी जनप्रतिनिधिलाई सस्थाले बधाइ ज्ञापन गरेको छ ।

 

कानुनी राज्यको उपहास गर्दै चरम भ्रष्टाचारले देशको अवस्था सोच्नै नसक्ने गरी कमजोर र शिथिल बनाउन जिम्मेवार राजनीतिक दल र प्रतिनिधिलाई पाखा लगाउन सफल यस निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको ट्रान्सपरेन्सी इन्टरनेशनलले बताएको छ ।

निर्वाचनमार्फत नेपाली नागरिकले गरेको विश्वासलाई अव गठन हुने प्रतिनिधीसभा र सङ्घीय सरकारले पूर्णसम्मान गरोस् भन्ने जनचाहना रहेको बताइएको छ । निर्वाचनमा मत माग्दा जनता सामु गरेका बाचाप्रति पूर्णप्रतिवद्व रही कुनै पनि बहानामा विलम्ब हुँन नदिई आम नागरिकले सुशासनको स्पष्ट अनुभूति गर्ने गरि सरकारले काम गर्ने विश्वास ट्रान्सपरेन्सी इन्टरनेशनलले लिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि र राजनितिक दलले मुलुकलाई लोकतन्त्रको आवरणमा हुने लुटतन्त्रबाट मुक्त गरि राजनीतिमा इमान्दारीता स्थापित गर्दै जनादेशबाट प्राप्त सत्ता र शक्ति निजी वा दलीय स्वार्थका लागि नभई पूर्ण रूपमा जनहितमा प्रयोग हुने परिपाटी स्थापित गर्ने विश्वास लिइएको छ ।

कमेन्टहरु