मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

हिमालीमा घुम्ति स्वास्थ्य सिविर संचालन गरिने

उमेश रोकाया
२०८२ फाल्गुन २६ | मध्यान्ह ०६:११ बजे

बाजुरा, फागुन २६ । बाजुरा जिल्ला हिमाली गाउँपालिका घुम्ति स्वास्थ्य सिविर संचालन गरिने भएको छ । हिमाली गाउँपालिका भित्र अस्पताल तथा डक्टरको सुबिधा नभएको समस्यालाई मध्यनजर गर्दै हिमाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य सिविर संचालन गरिने भएको छ ।

वडा नं. ४,६ र ७ का नागरिकको लागि धुलाचौर आधारभु स्वास्थ्य सेवा केन्द्रमा चैत १ गते हिमाली गाउँपालीका वडा नं. २ र ५ का नागरिकहरुका लागी चैत २ गते हिमाली गाउँपालिका ५ को कुवाडिमा र हिमाली गाउँपालिका वडा नं. १,२ र ३ का नागरिकहरुको लागी चैत ३ गते हिमाली गाउँपालिका १ बिच्छयां स्वास्थ्य चौकीमा शिविरमा दिईने भएको छ ।

उक्त सबै खालका रोगहरु एबं स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई MBBS/MD फिजिसियनडक्टर मार्फत चेक जांच गरिने र नि:शूल्क औषधि दिईने गरिने भएको छ ।संकास्पद क्षयरोगिको खकार परिक्षण गरिने, भिडियो एक्सरे सेवा, नसर्ने रोग सम्बन्धि स्किनिङ गरिने (BP / तौल / सुगर / मुटु / किड्नीको सामान्य गति लगायत जांच) महिलाहरुको पाठेघरको मुखमा हुन् सक्ने क्यान्सर लगायत अन्य रोगको जांच एवँम VIA जांचगरीने परिवार नियोजन सेवा IUCD / ईम्पलान्ट राख्न चाहाने को लागि सेवा उपलब्ध गराइने छ ।

किशोर किशोरी गर्भवति सुत्केरी एवम ५ बर्ष मुनिका बच्चा साथमा भएका आमाहरुको लागिपरामर्श सेवा उपलब्ध हुने साथै सबै स्वास्थ्य समस्याको चेकजांच तथा परामर्श सेवा दिने भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारी बताएका छन ।

कमेन्टहरु