बिश्व

अमेरिका र इजरायली आक्रमणमा १९३ बालबालिकाको मृत्यु

एजेन्सी
२०८२ फाल्गुन २६ | मध्यान्ह ०६:११ बजे

काठमाडौँ । अमेरिका र इजरायलले गरेको आक्रमणका कारण हालसम्म इरानमा १९३ जना बालबालिकाको मृत्यु भएको इरान सरकारले जनाएको छ । 

मृतकमा ८ महिनाकी शिशु समेत रहेको बताइएको छ । सरकारी प्रवक्ता फातेमेह मोहाजेरानीले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाका तस्बिर राखिएको बोर्ड अगाडि उभिँदै उक्त जानकारी दिएकी हुन् । उनका अनुसार युद्धका क्रममा ४ महिनाको अर्को शिशु गम्भीर घाइते भएका छन् । 

इरानी समाचार संस्था मेहरका अनुसार मोहाजेरानीले युद्धका क्रममा स्वास्थ्य तथा चिकित्सासम्बन्धी संरचनामाथि पनि आक्रमण भएको आरोप लगाएकी छन् ।

उनका अनुसार हालसम्म भएका आक्रमणमा ११ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । ५२ वटा स्वास्थ्य सेवा इकाइ प्रभावित भएका छन् । २९ वटा चिकित्सा केन्द्र क्षतिग्रस्त भएका छन् भने १९ वटा आपतकालीन सेवा केन्द्र आक्रमणको निशानामा परेका छन् । 

त्यसैगरी १६ वटा एम्बुलेन्समाथि आक्रमण भएको छ । तीमध्ये ४ वटा एम्बुलेन्स पूर्ण रूपमा ध्वस्त भएको र एउटा उद्धार हेलिकोप्टर पनि नष्ट भएको इरान सरकारले जनाएको छ । इरानले अमेरिका र इजरायललाई नागरिक तथा स्वास्थ्य संरचनामाथि आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।

कमेन्टहरु