निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरामा समानुपातिकमा कांग्रेस पहिलो दल


बाजुरा, फागुन २६ । बाजुरा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाजुरामा समानुपातिक तर्फको अन्तिम मत परिमाण सार्वजनिक भएको छ । प्रत्यक्षको सकेर सोमबार बिहानबाट सुरु गरिएको समानुपातिक तर्फको मतगणना मंगलबार बिहान सकिएको हो ।
बाजुरामा सबैभन्दा बढी समानुपातिक मत नेपाली कांग्रेसले पाएको छ । कांग्रेसले १६ हजार ७४६ मत पाएर पहिलो बनेको छ । प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मतसहित विजयी भएका थिए ।
त्यस्तै समानुपातिक तर्फ नेकपा एमालेले १५ हजार ८९७, राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ८२०, नेपाली कम्युनिस्ट पार्टीले ३ हजार ३५८ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ४७०, जसपा नेपालले ४२, जनमत पार्टीले ८७ मत पाएको छ भने सहभागी ५७ वटै दलहरुले समानु्पातिक मत पाएको देखिन्छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार जिल्लामा समानुपातिक तर्फ ४५ हजार ६६९ मत खसेकोमा ४४ हजार ४६९ मत सदर भएको छ भने एक हजार २ सय मत बदर भएको छ ।






















