कोशीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न देवराज यादव

सुनसरी । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम मंगलबार कोशीमा सम्पन्न भएको छ । लघुवित्त वित्तीय संस्थामा आबद्ध समुहका सदस्यहरूलाई विविध विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड लौकही शाखामा कार्यरत कर्मचारी अनिल कुमार सिंहले बताए ।
महिला दिदी बहीनीहरुले वित्तीय संस्थाबाट ऋण लिएपछि केही न केही व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि एवं कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले बताए उनले भनिन् वित्तीय सहकारी संस्थाले पनि गाउँघरका सोझा साझा महिला दिदी बहीनीहरुलाई सही सूचना आदान प्रदान गर्नुका साथै महिला दिदी बहीनीहरुको आय आर्जन हुने काममा ऋण लगानी गर्न सहयोग गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा वित्तीय साक्षरताको विविध विषयवस्तुको बारेमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका सुनसरी जिल्ला प्रमुख जिशु हास्दाले प्रस्तुतीकरण गरेका थिए । केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायत सहभागिता रहेको थियो ।
२०७३ सालमा लौकही शाखा स्थापना भएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थामा हाल १९७ वटा महिला समूह गरी करिब ३३ सय ३३ जना आबद्ध रहेको संस्थाले जनाएको छ ।























