अपराध

कैलालीमा गोठमा मृत भेटिएकी महिलाको हत्या आफ्नै पतिबाटै भएको खुलासा

नवलपुर टुडे
२०८२ फाल्गुन २६ | बिहान ०८:११ बजे

धनगढी । आफ्नै गोठमा मृत भेटिएकी महिलाको हत्या पतिबाटै भएको खुलेको छ । होलीको दिन गत हप्ता मंगलबार कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा ५० वर्षीया मानादेवी चौधरी आफ्नै गोठमा मृत फेला परेकी थिइन् । 

शरीरमा चोटपटक लागेको अवस्थामा मृत भेटिएकी चौधरीको हत्या उनका श्रीमान् ५५ वर्षीय प्रेमलाल चौधरीले गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । आपसी विवादका क्रममा प्रेमलालले श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । 

आमाको हत्यापछि उनका छोरा मगरु चौधरीले बुबाविरुद्ध कारबाहीको माग गर्दै कर्तव्य ज्यान शीर्षकमा जाहेरी दिएका छन् । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु