महोत्तरीमा २० हजार मत बदर

रासस
२०८२ फाल्गुन २५ | मध्यान्ह ०२:११ बजे

महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २० हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदनमा जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ९३५ मत बदर भएको हो।
चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा जम्मा चार लाख ३१ हजार २८२ मतदाता कायम गरिएकोमा प्रतिनिधिसभा सदस्य २०८२ मा जम्मा दुई लाख ६१ हजार ३४६ जनाले मतदान गरेका थिए । अर्थात ६०.५९ प्रतिशत मतदान भएको थियो । जसमध्ये दुई लाख ४१ हजार ४११ मत (९२.३७ प्रतिशत) सदर भएको थियो । १९ हजार ९३५ मत (७.६२ प्रतिशत) बदर भएको हो ।

















