जनताले आफु माथि अन्याय भएको महसुस गरे विकल्प खाेजि हाल्नु हुन्छ : मुक्ति गैरे

नवलपुर टुडे
२०८२ फाल्गुन २५ | मध्यान्ह ०२:११ बजे

काठमाडौं । जनताले आफु माथि अन्याय भएको महसुस गरे विकल्प खाेजि हाल्ने विद्यार्थी नेता मुक्ति गैरे बताउनु भएको छ । उहाँले आज एक धारणा सार्वजनिक गर्दै भन्नुभयो : `न्याय, स्वतन्त्रता र सार्वभौम चाहाने जनताले कहिल्यै पनि शाषककाे उन्माद मन पराउनु हुनुहुन्न ।
जनताले आफु माथि अन्याय भएको महसुस गरे विकल्प खाेजि हाल्नु हुन्छ । जनताको सेवक बनी नेतृत्व गर्न सक्नु – नसक्नु राजनीतिक सेवककाे कुरा हाे । तसर्थ जनता भेडा हुनुहुन्न जहिले पनि महान हुनुहुन्छ – सधैंव महान रहनु हुनेछ ।´

















