समाचार

सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल विजयी

नवलपुर टुडे
२०८२ फाल्गुन २४ | मध्यान्ह ०५:११ बजे

सिन्धुपाल्चोक, फागुन २४ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाल कम्युनिस्ट पार्टीका युवराज दुलाल निर्वाचित हुनुभएको छ।

मुख्य निर्वाचन अधिकृत रीता बख्रेलका अनुसार दुलालले २१ हजार ६९९ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वंशलाल तामाङले १८ हजार ८४८ मत प्राप्त गर्नुभयो। यस्तै, नेकपा (एमाले)का शेरबहादुर तामाङले १५ हजार ५१४ मत र रास्वपाका झलककुमार श्रेष्ठले १३ हजार ९१७ मत प्राप्त गर्नुभएको छ।

यसअघि दुलाल २०७४ र २०७९ को निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेश मन्त्री भइसक्नुभएको छ। युवा नेतृत्व र जनमुखी कार्यशैलीका कारण दुलाल लोकप्रिय मानिनुहुन्छ। चौतारा साँगाचोकगढी नगरपालिका–७, सानोसिरुवारीमा २०३९ सालमा जन्मनुभएका दुलालले स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएको छ।

कमेन्टहरु