समाचार

सप्तरी–१ मा रास्वपाका पुष्पा चौधरी विजयी

नवलपुर टुडे
२०८२ फाल्गुन २४ | मध्यान्ह ०२:११ बजे

सप्तरी, फागुन २४ गते । सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर–१ बाट  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पुष्पाकुमारी चौधरी फराकिलो मतान्तरले विजयी भएकी छन् ।

उहाँले ३८ हजार १ सय ९५ मत ल्याइन् । दोस्रो बनेका स्वाभिमान पार्टीका सुमितकुमारले ७ हजार ८ सय ४७ मत ल्याउँदा कञ्चनरूप नगरपालिका–११, की ३६ वर्षीया चौधरीले ३० हजार ३ सय ४८ मतान्तरले निर्वाचित भएकी हुन् ।

यस्तै नेकपा एमालेका सुमनराज प्याकुरेलले ७ हजार ६ सय ५२, नेपाली कांग्रेसका रामदेव साह (तेली)ले ६ हजार ९ सय ९४, जनमत पार्टीका जयकान्त राउतले ४ हजार ८ सय ३३ मत ल्याएका छन ।

जनता समाजवादी पार्टी नेपालका श्यामसुन्दर सरदारले २ हजार ५ सय ५८, नेपाली कम्युनिस्ट पार्टीका रवीन्द्र चौधरीले १ हजार ६ सय २६ मत ल्याएका छन  । कुल १ लाख १९ हजार ४३ जना मतदाता रहेको यस क्षेत्रमा ७७ हजार ९ सय ६९ जनाले मतदान गरेका थिए। 

कमेन्टहरु