समाचार

मकवानपुर १ मा स्वपाका प्रकाश गौतम विजयी

नवलपुर टुडे
२०८२ फाल्गुन २४ | मध्यान्ह ०१:११ बजे

हेटौँडा, फागुन २४ गते । मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार यस क्षेत्रमा खसेको कुल ९५ हजार ३१० मतमध्ये गौतमले ३६ हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको हो। 

उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महालक्ष्मी उपाध्यक्ष (डिना) लाई २१ हजार ९९५ मतान्तरले पराजित गर्नुभएको छ। गौतमले पहिलो पटकमै संसदीय निर्वाचनमा जित हासिल गर्नुभएको हो। पराजित डिनाले १४ हजार ३८ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, नेकपा (एमाले) का रामेश्वर रानामगरले १२ हजार ७८३ र नेपाल कम्युनिस्ट पार्टीका बिजय गौतमले १० हजार ७८८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।

कमेन्टहरु