सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरी विजयी


कल्याणपुर (सप्तरी), फागुन २४ गते । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी विजयी हुनुभएको छ ।
उहाँले ३२ हजार ८७५ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चौधरीका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव १५ हजार २३९ मत ल्याउनुभयो ।
यसै गरी सप्तरी ३ बाट यस अघिको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका दिनेश कुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरी तेस्रो स्थानमा सिमित रहनुभएको छ ।
जिल्ला चार वटा क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा रास्वपाका पुष्पा कुमारी चौधरी, क्षेत्र नम्बर ४ मा सिताराम साह गरी तीन क्षेत्रमा रास्वापाले विजयी प्राप्त गरी सकेको छ भने क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उम्मेदवार रामजी यादवले फराकिलो अग्रता कायम राख्नुभएको छ ।






















