निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरामा कांग्रेसका उम्मेद्धवार गिरि ८ सय ८६ मतले अग्रता

उमेश रोकाया
२०८२ फाल्गुन २४ | बिहान ०७:११ बजे

बाजुरा , फागुन २४ । बाजुरा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाको मतगणना सम्पन्न भएको छ। प्राप्त मत परिणाम अनुसार कुल ३९ हजार १ सय ७३ मत खसेको मध्ये १ हजार १ सय ४० मत बदर भएको छ ।
मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार जनक राज गिरि (रुख) ले १५ हजार १ सय ८४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापा (सूर्य) ले १४ हजार २ सय ९८ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा (घण्टी) ले ५ हजार ४७ मत प्राप्त गर्दा प्रकाश शाह (तारा) ले २ हजार ८ सय ७ मत प्राप्त गरेका छन्। बडिमालिका नगरपालिका मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।






















