जबसम्म राष्ट्रिय व्यवस्था मै शाेषण रहन्छ तबसम्म महिला मुक्ति पनि असम्भव हुन्छ : मुक्ति गैरे


काठमाडौं : जबसम्म राष्ट्रिय व्यवस्था मै शाेषण रहन्छ तबसम्म महिला मुक्ति पनि असम्भव हुने विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयाेजक मुक्ति गैरेले बताए । आज ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा सुभकामना दिदै उनेे भने : `अझै पनि महिलाहरु विगत देखि वर्तमान अवस्था सम्म आई पुग्दा पितृसत्तात्मक उत्पीडनबाट प्रताडित हुनु परिरहेको छ ।
जहाँ पुरुषवादी हैकमले महिलाहरुमाथि अन्याय थाेपरे कै छ : `याैवनका लागि विवाह, घर कुचो भान्सा गाेठालाे घास दाउरा खेतबारीका लागि, बच्चा उत्पादन गर्ने त्यसमा पनि अझै छाेरा नै हुनुपर्छ भन्ने प्रवृत्ति, दाईजो र सम्पत्तिको हिसाबकिताब, कमजोर मानसिकताको रुपमा चित्रण, बालविवाह, शिक्षा दिक्षाबाट बन्चित, उत्पादन सम्बन्धमा निषेध र अवरोध र महिनावारी विभेद आदि´ । यि यस्ता विवशतामा बाच्न बाध्य भए कै अवस्थामा थप पुँजीवादी शाेषणकाे सिकार हुनु परेको छ : शारीरिक रुप र याैन प्रदर्शन, प्रतियोगिता र व्यापार, उत्पादन सम्बन्धमा असमानता, विभेद र निषेध अर्थात सिण्डिगेट आदि । यी दुवै पितृसत्तात्मक उत्पीडन र पुँजीवादी शाेषणकाे सिकारबाट मुक्त हुन सकेमा मात्रै महिला मुक्ति सम्भव हुनेछ ।
याे महिला मुक्ति सम्भव राज्य व्यवस्थाकाे प्रणालीले अपनाउने राजनीतिक अधिकारमा निहित हुन्छ । जबसम्म राज्य व्यवस्था मै पितृसत्तात्मक उत्पीडन र पुँजीवादी शाेषण रहन्छ तबसम्म महिला मुक्ति पनि असम्भव हुन्छ । हाम्रो नेपाल लगायत विश्वका थुप्रै देशहरूमा पितृसत्तात्मक उत्पीडन र पुँजीवादकाे अन्याय, अत्याचार, छुवाछूत, विभेद, हिंसा, शाेषण, दमन, यातना, हत्या, जेलनेल र मुद्दामामिलाका कहालिलाग्दा घटनाहरु कायमै छ । यस विरुद्ध संघर्ष गर्दै अधिकार प्राप्तिको लागि लड्नु नै आजकाे ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले सार्थकता पाउने छ । सम्पूर्ण महिलाहरुलाई श्रमिक महिला दिवसको अवसरमा हार्दिक सुभकामना व्यक्त गर्दछौं ।






















