गुल्मी-२ मा गोविन्द पन्थी विजयी, ४९६ मतान्तरले गोकर्ण विष्टलाई हराए

नवलपुर टुडे
२०८२ फाल्गुन २३ | मध्यान्ह ०१:११ बजे

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्।
पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दै सांसद निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का गोकर्ण विष्टले १६ हजार ३८२ मत ल्याएका छन्। यसरी उनीहरू बीचको मतान्तर ४९६ रहेको छ ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठ रहेका छन्, जसले १४ हजार ४०५ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार श्रीराम महतले ३ हजार ७९ मत प्राप्त गरेका छन्।






















