राजनीति

यी हुन् रास्वपाले हालदम्म जितेका ३३ क्षेत्र

नवलपुर टुडे
२०८२ फाल्गुन २३ | मध्यान्ह ०१:११ बजे

 काठमाडौ । हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३३ निर्वाचन क्षेत्रमा जित निकालिसकेको छ । निर्वाचन आयोगका अनुसार बिहान १२ बजेसम्म देशभरबाट रास्वपाले ३३ सिट जितेको छ । 

आयोगका अनुसार रास्वपाबाट नुवाकोट–२, मा अच्युत्तम लामिछाने, मोरङ–४, मा सन्तोष राजवंशी, मोरङ–६,मा रुविना आचार्य, धनुषा–३, मा मनिष झा,महोत्तरी–१, मा प्रमोदकुमार महतो, बारा–३, मा अरविन्द साह, बारा–४, मा रहवर अन्सारी, पर्सा–१, मा बुद्धिप्रसाद पन्त, पर्सा–२, मा सुशीलकुमार कानु, काठमाडौं–१, मा रन्जु न्यौपाने, काठमाडौं–२, मा सुनिल केसी, काठमाडौं–३, मा राजुनाथ पाण्डे, काठमाडौं–६, मा शिशिर खनाल, काठमाडौं–४, मा पुकार बम विजयी भएका छन् । 

रास्वपाबाटै काठमाडौं–५, मा सस्मित पोखरेल, काठमाडौं–७, मा गणेश पराजुली, काठमाडौं–८, मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९, मा डोलप्रसाद अर्याल, काठमाडौं–१०, मा प्रदिप विष्ट, भक्तपुर–१, मा रुकेश रन्जित, ललितपुर–१, मा बुद्धरत्न महर्जन, चितवन–२, मा रवि लामिछाने, कास्की–२, मा उत्तमप्रसाद पौडेल, कास्की–३, मा बिना गुरुङ, स्याङ्जा–१, मा धनन्जय रेग्मी, बाग्लुङ–२, मा सोम शर्मा, पर्वत–१, मा सागर भुसाल, रुपन्देही–३, मा डा.लेखजंग थापा, रुपन्देही–४, मा कन्हैया बनिया, बाँके–१, मा सुरेशकुमार चौधरी र बाँके–३, मा खगेन्द्र सुनारले जितेका छन् । साथै, देशभरका ८७ निर्वाचन क्षेत्रमा रास्वपा अग्रतामा छ ।

कमेन्टहरु