बझाङमा एमालेका ऐन महर विजयी


बझाङ, फागुन २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बझाङमा नेकपा (एमाले) का उम्मेदवार ऐनबहादुर महर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पराजित गरेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार महरले १८ हजार ५४३ मत प्राप्त गरेका छन् भने स्नेहीले १६ हजार ३०४ मत पाउनुभएको छ ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेस कुमार सिंहले नौ हजार २६३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५ मत, नेकपा माओवादी (विप्लव) का भरत मल्लले ५०४ मत र नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत प्राप्त गर्नुभएको ।
जिल्लामा कुल ५७ हजार ९९४ मत खसेको थियो । त्यसमध्ये ५४ हजार ८३३ सदर मत र ३ हजार १६१ बदर मत रहेको छ ।
बझाङ जिल्लामा कुल एक लाख २६ हजार नौ सय तीन मतदाता रहेका छन् । तीमध्ये ६२ हजार दुई सय ८९ पुरुष र ६४ हजार ६ सय १४ महिला मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा २ अस्थायी मतदान केन्द्र, एक सय ८९ स्थायी मतदान केन्द्र तथा एक सय ३७ मतदानस्थल निर्धारण गरिएको थियो ।
निर्वाचन आयोगले परिणामको औपचारिक घोषणा गर्न बाँकी रहेको छ । मानुपातिकतर्फको मतगणना भने सुरु भइसकेको छ ।






















