भक्तपुर–१ मा रास्वपाको उदय, नेमकिपा पराजित

नवलपुर टुडे
२०८२ फाल्गुन २३ | मध्यान्ह १२:११ बजे

भादगाउँ, फागुन २३ गते । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पारी रास्वपाका रुकेश रन्जित विजयी हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनामा रन्जितले ३३ हजार ४३६ मतले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।
उहाँका प्रतिस्पर्धी नेमकिपाका सचिव सुवालले २८ हजार १४७ मत प्राप्त गर्नुभयो । त्यसैगरी नेपाली कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाउनुभएको छ ।

















