निर्वाचन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरामा मतगणना हिमाली गाउँपालिका १ बाट सुरु


बाजुरा, फागुन २२ । यही फागुन २१ गते भएको प्रतिनिधी सभा सदस्यको निर्वाचनको मतगणना सुरु भएको छ । शुक्रबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णय अनुसार आज बेलुकी ७ बजेबाट सुरु गरिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार एक सय १८ मतदान केन्द्रको मतपेटीका मत गणनास्थल बनाइएको जिल्ला समन्व्य समितिमा आइपुगेपछि सर्वदलीय र सर्वपक्षीय बैठकले ७ बजेबाट गणना सुरु गर्ने निर्णय भएकाले तोकिएकै समयमा मतगणना सुरु गरिएको बताए ।
जिल्ला समन्वय समिति बाजुरामा बनाइएको मतगणनास्थलमा हिमाली गाउँपालिकाबाट मत गणना सुरु भएको हो । हिमाली गाउँपालिका वडा नम्बर १ मा रहेको विच्छ्या मावि विच्छ्या,सुनन्दा आधारभूत विद्यालय बाम, वडा नम्बर २ मा रहेको ठुलाकोट आधारभूत विद्यालय कोट र वडा नम्बर ३ मा रहेको गंगा आधारभूत विद्यालय बौडी मतदान केन्द्रको मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताएका छन् ।
मतगणनाका लागि सर्वदलीय बैठकले पालिका अनुसार गण्नाा गर्र्ने सहमती भएको थियो । यहाँका ८७ हजार ८६१ मतदाता रहेको छ । कुल मतदाता संख्याको ५१ दशमलव ६६ प्रतिशत अर्थात ४५ हजार ३० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनितिक दल र एक स्वतन्त्र गरी आठ जना उम्मेदवार रहेका छन् ।





















