देश

५७% नागरिकले चुनाव अस्वीकार गरि दिनु भयो याे जनमतलाई सम्मान गर्दै लड्छाैं : मुक्ति गैरे

नवलपुर टुडे
२०८२ फाल्गुन २२ | बिहान ०६:११ बजे

काठमाडौं : ५७% नागरिकले चुनाव अस्वीकार गरि दिए याे जनमतलाई सम्मान गर्दै लड्ने विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय अध्यक्ष मुक्ति गैरे बताएका छन् । उनलेे आम अस्वीकार गर्ने अधिकार दे । (Right To Reject.)´ मार्फत अस्वीकृत गरिदिनु भएको छ । सम्पुर्ण नागरिकहरु प्रति हार्दिक बधाई एवम् धन्यवाद ज्ञापन गर्दछौं भनेका छन् ।

उनले जारी गरेको अभिव्यक्त :
`हामी विजयी भएका छाैं । जम्मा ४३% मत खसेको छ भने ५७% आम नागरिकले याे चुनावलाई `अस्वीकार गर्ने अधिकार दे । (Right To Reject.)´ मार्फत अस्वीकृत गरिदिनु भएको छ । सम्पुर्ण नागरिकहरु प्रति हार्दिक बधाई एवम् धन्यवाद ज्ञापन गर्दछौं । नागरिकको संवैधानिक एवम् माैलिक अधिकार स्वतन्त्रतालाई कुण्ठित गरेर, बुट बजारेर, दमन गरेर, जेलनेल र मुद्दा मामिला चलाएर गरिएको चुनाव सफल कि सफल ?, वैधानिक कि अवैधानिक ?, परिवर्तनको माग कि यथास्थिति कै माग ? राष्ट्रिय कि वैदेशिक ? भन्ने बारे खाेजिने छ, प्रश्न उठाईने छ । आम नागरिकको अस्वीकृत गरिदिनु भएको ५७ % मतलाई सम्मान गर्दै यसको कार्यनयन गर्न दृढता पुर्वक लडिनेछ ।´

कमेन्टहरु