देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान: भण्डारी

नवलपुर टुडे
२०८२ फाल्गुन २१ | मध्यान्ह ०७:११ बजे

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगले गरेको छ।आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए।
यद्यपि स्पष्ट प्रतिशत आइनसकेको उनले बताए। निर्वाचनमा एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए। यसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए।
छिटपुट घटनाबाहेक मतदान देशभरि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।




















