इरानद्वारा इजरायलतर्फ नयाँ मिसाइल आक्रमण सुरु

एजेन्सी
२०८२ फाल्गुन २१ | मध्यान्ह ०५:११ बजे

तेल अभिभ ,फागुन २१। इरानबाट फेरि मिसाइल आक्रमण शुरु भएको इजरायलले जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले बिहीबार बिहान इरानबाट प्रहार गरिएका नयाँ मिसाइलहरूको लहर पहिचान भएको जानकारी दिएको हो ।
टेलिग्राममार्फत जारी गरिएको वक्तव्यमा आईडीएफले देशका हवाई रक्षा प्रणाली सक्रिय अवस्थामा रहेको र सम्भावित खतरा रोक्न मिसाइल अवरोध गर्ने प्रयास भइरहेको जनाएको छ ।

















