स्याङ्जा- को एक मतदान स्थलमा मतदान स्थगित

रासस
२०८२ फाल्गुन २१ | मध्यान्ह ०३:११ बजे

काठमाडौं, फागुन २१। स्याङ्जाको एक मतदान स्थलमा मतदान स्थगित भएको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को वालिङ नगरपालिका-१० मा रहेको मतदानस्थल बालज्योति आधारभूत विद्यालयमा मदीखोलामा मतदान स्थगित भएको हो।बिहीबार बिहान साढे ११ बजेदेखि मतदान स्थगित भएको थियो।
त्यहाँ मतदान अधिकृतले प्रत्यक्षतर्फ मतपत्रमा हस्ताक्षर नगरेको विषयमा विवाद भएपछि मतदान स्थगित भएको हो। मतदान स्थलमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको नेपाल प्रहरीको केन्द्रीय निर्वाचन सेलले जानकारी दिएको छ।

















