एमाले नेता पोखरेलद्वारा मतदान

रासस
२०८२ फाल्गुन २१ | मध्यान्ह ०३:११ बजे

काठमाडौँ,फागुन २१। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यहाँको टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज उहाँले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभयो ।

















